images
images

राष्ट्रियसभा अध्यक्ष कस्ले लिने भन्ने कुराले गठबन्धन तलमाथि हुँदैन : सापकोटा

काठमाडौँ – माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष कुन दलले लिने भन्ने विषयले गठबन्धन तलमाथि नहुने दाबी गरेको छ।

शुक्रबारदेखि सुरु भएको पदाधिकारी बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अध्यक्षको विषय गठबन्धनमा ठूलो नभएको दाबी गरेका हुन्। राष्ट्रियसभामा एक तिहाइ सदस्य नयाँ निर्वाचित भएर आएपछि अध्यक्षको चुनाव फागुन २९ गते हुँदैछ।

अध्यक्षमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहेको अवस्थामा सापकाटाले त्यो विषयलाई गठबन्धनले समझदारीका साथ टुंग्याउने बताएका हुन्।

ठूलो दलको हैसियतले राष्ट्रियसभाको अध्यक्ष आफूले पाउनुपर्ने माओवादीको दाबी छ भने कांग्रेस एउटा पनि संवैधानिक पदमा आफ्ना मान्छे नभएकाले आफूलाई दिनुपर्ने जिकिर गर्दै आएको छ। समाजवादीले एउटा संवैधानिक पद आफूलाई दिने गठबन्धनको पूर्व समझदारी कार्यान्वयन हुनुपर्ने बताउँदै आएको छ।