images
images

राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहुसांस्कृतिक नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबिच आपसी सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ ।

तामाङ समुदायको सोनाम ल्होसारको शुभकामना दिदै राष्ट्रपति पौडेलले यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

यसैगरि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सोनाम ल्होसारका अवसरमा शुभकामना दिनुभएको छ । सन्देशमा समृद्धिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको पनि बताउनुभयो । संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको प्रधानमन्त्रीको भनाइ छ ।