images
images
images

राष्ट्रिय वाणिज्य बैंकको ‘मेरो घर कर्जा’ योजना, अधिकतम कर्जा ५ करोडसम्म

काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मेरो घर कर्जा योजना ल्याएको छ। घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्न अधिकतम ५ करोड रुपैयाँसम्म दिइने मेरो घर कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिनेछ।

हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ। यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्नेछ। कर्जा प्रशोधन तथा सेवाशुल्क एकपल्टका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ।

कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि उपलब्ध गराइने बैंकले जनाएको छ। यो कर्जा बैंकका सबै शाखाबाट लिन सकिनेछ।