images
images

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको आज बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुने जनाइएको छ । राष्ट्रिय सभागृहमा बस्ने गरी तय गरिएको वैठकमा पार्टीको विधान सम्मेलनलगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

आज र भोलि चल्ने वैठकमा पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष अभियान’ को पनि समीक्षा हुने बुझिएको छ । गत भदौ १६ देखि पुस १७ गतेसम्म संचालन गरिएको चार महिने जनतासंग माओवादी अभियानका क्रममा पार्टीको संगठन निर्माण, सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगता भएका कार्यकर्तासँग भेटघाट गरिएको थियो ।

यस्तै केन्दीय समिति बैठकले फागुन १ गतेदेखि शुरु हुने विधान सम्मेलनको विस्तृत कार्यक्रम तय गर्नेछ । शुक्रबार र शनिबार बसेको माओवादी पदाधिकारी वैठकले विधान सम्मेलनको खाका बनाएको छ ।