images
images

रविको गृहमन्त्री श्रेष्ठलाई प्रश्नः बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीमाथि किन अनुसन्धान भएन?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्।

आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनीमाथि किन अनुसन्धान नगरिएको भनि प्रश्न गरेका हुन्।

उनले पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतिक थापाबारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनि प्रश्नसमेत गरे। त्यस्तै, इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरे।

उनले भने, ‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिनअगाडि हिरासतमा राखिएको देखियो। जग्गा हडप्दा चौधरीकै जति शेयर भएका अन्य साझेदारहरुमध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ। तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला। बयान लिइयो कि लिइएन?’