images
images

विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको झगडा लज्जास्पद : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सो घटनाबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने जानकारी दिएका हुन् ।

विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको झगडा लज्जास्पद भएको बताउँदै उनले दोषीलाई कारबाही गरिने दोहोर्‍याएका हुन् ।

घटना भएलगत्तै अपराध अनुसन्धानले छानबिन गरेको पछि काठमाडौं परिसरबाट अभियोजनको प्रक्रिया अघि बढेको जानकारी दिँदै बैठकमा गृहमन्त्री श्रेष्ठले भने, ‘घटना दु:खद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ ।’

घटना भएलगत्तै छानबिन गर्न समिति गठन गरिएको उनको भनाइ छ ।