कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ-नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। फागुन ३ गते बिहिबार दिउँसो एक बजे बस्नेगरी बैठक आह्वान गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

बैठकमा पार्टीको केन्द्रीय महासमिति बैठकबारे छललफल गर्ने तय भएको छ। कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० सम्मको लागि तोकिएको छ।

महासमिति बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुको उपस्थितीको लागि पार्टीले निर्देशन दिएको छ।