images
images

जनयुद्ध दिवसमा गोरखाका तिन पालिकाले बिदा दिँदै

गोरखा ।  गोरखाका तीन पालिकाले जनयुद्ध दिवसको बिदा दिएका छन् । सर्वोच्च अदालतको आदेश विपरीत अजिरकोट, गण्डकी र भीमसेन थापा गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।

फागुन १ गते पालिका र मातहतका कार्यालयमा बिदा हुने पालिकाको निर्णय छ ।

जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने ठहर गर्दै सर्वोच्चले सरकारको सो निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गत पुस १३ गते आदेश दिएको हो।

nullnull