images
images

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक काठमाडौँको भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा आइतबारदेखि सुरु भएको हो ।

आइतबार बसेको बैठकमा यसअघि भएको चार महिने माओवादी रूपान्तरण अभियानका बारेमा समीक्षा भएको थियो । सोमबार पनि उक्त अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यतालिका रहेको जनाइएको छ ।

फागुन १ देखि ३ गतेसम्म हुने विधान अधिवेशन अघि माओवादीले केन्द्रीय समितिको बैठक राखेको हो । गत शनिवार सम्पन्न भएको स्थायी समितिको बैठकले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पारित गरेको थियो ।

पारित भएको प्रस्तावलाई पदाधिकारीले टुंगो लगाएर विधान अधिवेशनमा पेश गर्ने निर्णय गरेपछि आइतबारबाट केन्द्रीय समिति बैठक सुरु भएको हो । हिजो बसेको बैठकमा १० वटै प्रदेशका इन्चार्ज र अध्यक्षले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।