images
images

‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत छ’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राज्यमन्त्री कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया कानूनसम्मत रहेको दाबी गर्नुभएको हो ।

राज्यमन्त्री कुमारीले उहाँले छनौटको सर्टलिस्टमा परेका व्यक्तिहरु बिरुद्ध सिफारिस समितिमा कुनैपनि उजुरी नआएकाले उनीहरुको छनौट प्रक्रिया अगाडी बढेको बताउनुभयो । उहाँले आरोपित व्यक्तिहरु विगतमा आरोपपछि पनि सरकारी नियुक्तिमा रहेर काम गरिसकेको भन्दै तिनै व्यक्ति अहिले सर्टलिस्टमा पर्नु स्वभाविक भएको बताउनुभयो ।

राज्यमन्त्री कुमारीले सर्टलिस्टेड भएका १४ व्यक्तिहरुको सोमबारदेखि नै छनौटका लागि प्रश्तुति र अन्तर्वार्ताको प्रक्रिया अगाडी बढेको जानकारी पनि दिनुभयो ।