मेनुकालाई राष्ट्रपतिको सम्मान

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।

भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा उत्कृष्ट १० मा पुग्न सफल मेनुकालाई राष्ट्रपतिले सोमबार सम्मान गरेका हुन्।

आज राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहबीच मेनुकालाई सम्मान गरिएको हो।

मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको राष्ट्रपति पौडेलले बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए।