मधेसकाे चार जिल्लाका एसपीको सरुवा,महोत्तरीमा एसपी शयाम कुमार राई

वीरगञ्ज- मधेस प्रदेशको चार जिल्लाका एसपीहरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मधेसको पर्सा, सिरहा, धनुषा र महोत्तरी जिल्लाका एसपीको सरुवा गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कोमल शाहको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा काठमाडौंमा सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले ७८ जना एसपीको सरुवा गरेकोमा पर्साका एसपी शाहको पनि सरुवा भएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उन्ल्लेख छ। उनको ठाँउमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेल आउनेछन्।

यस्तै, सिरहाका एसपी टेकु नन्द इवा लिम्बुको विशेष ब्युरो राजनीतिक अन्वेषण शाखा काठमाडौं सरुवा भएको छ। उनको स्थानमा सन्तोष आचार्य आउनेछन्।

महोत्तरीका एसपी प्रकाश मल्लको नेपाल प्रहरी कार्यालय केन्द्रीय महिला तथा बालबालिका शाखामा सरुवा भएको छ। उनको स्थानमा बागमती प्रदेश प्रहरी कार्यालयका शयाम कुमार राई आउने छन्।

त्यस्तै, धनुषाका एसपी विश्वराज खडकाको काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा सरुवा गरिएको छ। उनको स्थानमा नेपाल प्रहरी अन्वेषण शाखा काठमाडौंका मित्रबन्धु शर्मालाई पठाइएको प्रधान कार्यालयले जनाएको छ।