माओवादी केन्द्रको विधान अधिवेशन : समूगत सुझाव सङ्कलन सुरु

काठमाडौँ, २ फागुन । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि समूहका संयोजकले सुझाव प्रस्तुत गर्न सुरु गरिएको हो । मङ्गलबारदेखि काठमाडौँको कमलाधिस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।

एक समूहमा कम्तिमा ५० जना प्रतिनिधि रहने गरी विधानमाथिको छलफलका लागि समूह बनाइएको थियो । सम्मेलनमा भाग लिन पार्टीका स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, विभिन्न मोर्चाका संयोजकहरुको सहभागिता रहेको छ । भोलि बिहीबार विधान अधिवेशन सकिने माओवादी केन्द्रले जनाएको छ ।––––