images
images

अहिले गरिब र विपन्नहरूले उपचार पाउने क्रम बढेको छः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नहरूले उपचार पाउने क्रम बढिरहेको दाबी गरेका छन्।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अबका दिनमा कोही पनि नेपालीहरू पैसा नभएको र गरिब कुलमा जन्मिएका कारण स्वास्थ्योपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिबद्धता जनाए।

उनले संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताए। मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नेपाली नागरिकको मौलिक अधिकार भएको बताए।