तोकिएको समयमा सदस्यता नवीकरण नगरेमा पनि माओवादीको संगठित सदस्यता समाप्त (प्रस्तावित विधानसहित)

काठमाडौँ – माओवादीको सदस्यता लिएको व्यक्ति एक वर्षसम्म पार्टी गतिविधिबाट टाढा रहेका स्वतः सदस्यता गुम्ने भएको छ।

मंगलबारदेखि सुरु भएको विधान सम्मेलनमा पेश गरिएको पार्टीको मस्यौदा विधानमा पार्टी कामबाट एक वर्ष मात्रै निष्क्रिय रहे पनि सदस्यता समाप्त हुने उल्लेख छ।

प्रस्तावित विधानमा सदस्यता समाप्त हुनेबारे उल्लेख गर्दै लेखिएको छ, ‘समितिको अनुमतिबिना लगातार एक वर्षभन्दा बढी पार्टी काममा संलग्न नरहेमा।’

पार्टीले अनुशासनको कारबाही गरी सदस्यबाट निष्काशन गरेमा र तोकिएको समयमा सदस्यता नवीकरण नगरेमा पनि माओवादीको संगठित सदस्यता समाप्त हुनेछ।

सदस्यता गुमाएको व्यक्ति पुनः पार्टीमा आउन चाहेमा उसले आत्मआलोचनासहित सदस्यताका लागि आवेदन दिनुपर्नेछ। आवेदनलाई सम्बन्धित कमिटिले स्वीकृत गरेमा पुनः पार्टी सदस्यता कायम हुनेछ।

माओवादीले पार्टीलाई चुस्त दुरुस्त बनाउन १५१ सदस्यीय मात्रै केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ। केन्द्रीय समिटिको एक तिहाइ पालिटब्युरो र पालिटब्युरोको एक तिहास मात्रै स्थायी कमिटि रहनेछ। पार्टी सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा केन्द्रीय कार्यालय रहने।

विधानको मस्यौदामाथि छलफल गर्न २० वटा समूह बनाइएको छ। छलफल सकेर ती समूहले विधानको मस्यौता उपर सुझाव दिइरहेका छन्।

यस्तो छ माओवादीको प्रस्तावित विधान

 

Draft Bhidhan 2080 Final