महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

काठमाडौँ- महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

बुधबार राति करिब ११:३० बजे काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु-प–प्र-०२-००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका- १ सुरही पुल नजिकै बाटोबाट २ सय मिटर तल खसेको हो ।

उक्त बसमा सवार १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

घाइतेमध्ये ९ जनाकाे बुटवलमा र अन्यकाे अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।