एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित

काठमाडौं : नेकपा एमाले धादिङको अध्यक्षमा भूमिप्रसाद त्रिपाठी विजयी भएका छन्।

त्रिपाठीले ३ सय ९ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी डा. रामकुमार अधिकारीले २ सय ३८ मत मात्रै प्राप्त गरे। त्यस्तै उपाध्यक्षमा अर्जुन श्रेष्ठ(गोर्खाली) ले ३ सय १५ ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी रामकुमार आचार्य २ सय ३२ मत ल्याएर पराजित भए।

सचिवमा राधिका सापकोटा ३३८ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी हरिराम लोहनीले २ सय ९ मत प्राप्त गरे।

महिला उप सचिवमा उर्मिला रेग्मीले ३ सय ५१ ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी खुपीकुमारी तामाङले १ सय ९६ प्राप्त गरिन्। खुल्ला उपसचिवमा भक्तबहादुर लामिछानेले ३ सय ४८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काजी श्रेष्ठले १ सय ९९ मत प्राप्त गरे।