ललिता निवास जग्गा प्रकरणः विजय गच्छदार र डम्बर श्रेष्ठलाई सफाइ सबै जग्गा सरकारीकरण गर्न आदेश

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार र डम्बर श्रेष्ठले सफाइ पाएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु न्यायाधीश खुशीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले उनीहरुलाई सफाइ दिएको हो।

मन्त्रिपरिषद्को निर्णयमा एक जना मन्त्रीलाई मात्रै प्रतिवादी बनाउनु उपयुक्त नहुने अदालतको ठहर छ।

विशेषले चार वर्षअघि दर्ता भएको मुद्दाको सुनुवाइ गर्दै १२ जनालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु न्यायाधीश खुशीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले व्यक्तिका नाममा गएको ललिता निवासको जग्गा जफत गर्न आदेश दिएको हो।