images
images

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स ३९ ओभरमै अलआउट

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स ३९ ओभरमै अलआउट भएको छ।

एसोसियट राट्रको बादशाह मानिएको नेदरल्याण्ड्स नेपाली स्पिनरसामु धराशायी बन्यो। टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्स ३९ ओभरमै १३७ रन बनाउँदै अलआउट भएको हो।
नेपालले १३८ रनको सामान्य लक्ष्य पाएको छ।

नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिएका छन्। पहिलो पावर प्ले मा दुई विकेट गुमाएको नेदरल्याण्ड्सले त्यसपछि लगातार विकेट गुमाउँदै गयो। नेपालका लागि कप्तान रोहितकुमार एक विकेट लिए।

यसअघि ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा बास डि लिडेलाई बोल्ड गरे। त्यसअघि ललितले नै स्याब्रान्ड एंगेलब्रेक्टलाई अनिल साहको हातबाट क्याच गराएका थिए।

खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए। नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए।

नेपालले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो। लिग अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो।