मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको भन्दै पूर्वसचिव भिम उपाध्यायसहित १५ जनाविरुद्ध मुद्दा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै पूर्वसचिव उपाध्यायसहित १८ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको छ । यस्तै, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल, बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल सहित १५ जना नेपाली र तीन विदेशी परामर्शदातालाई पनि प्रतिवादी बनाइएको बताइएको छ ।

आयोगले तीन जना पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहित  १५  जनाविरुद्ध मुद्दा दायर गरेको हो। यी तीनैजना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन्।

अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ।