निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौं: प्रमुख आयुक्त थपलिया

काठमाडौँ, फागुन ७ गते । आज अर्थात् फागुन ७ गते आठौँ निर्वाचन दिवस । दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार  थपलियाद्वारा आम मतदातामा शुभकामना दिनुभएको छ । निर्वाचनलाई जीवन पद्धतिको रूपमा ग्रहण गरौँ भन्ने मुख्य सन्देश सहित उहाँले आम मतदाता समक्ष शुभकामना सन्देश दिनुभएको हो ।

वि.सं २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै आज हामी “निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता” भन्ने मूल नाराका साथ आठौँ निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउने तयारी गरेको छ ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचन: शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै निर्वाचन आयोगले आफ्नो स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूति सहित निर्वाचन व्यवस्थापनको दायित्व निर्वाह गर्दै आएको समेत उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

सन्देशको पुर्णपाठः