images
images

हिन्दू राष्ट्रको पक्षमा शशांकको पनि हस्ताक्षर

काठमाडौं- सनातन हिन्दू राष्ट्रको पक्षमा चलाइएको अभियानमा नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन्।

महासमिति जारी रहेका बेला ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर अभियान चलाएका हुन् । सनातन हिन्दु राष्ट्र नेपालको अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेको जनाइएको छ् ।

हिन्दू राष्ट्र अभियानको पक्षमा हस्ताक्षर गर्ने कांग्रेस केन्द्रीय सदस्य ३१ र महाधिवेसन प्रतिनिधि चार सयभन्दा बढी पुगेको अभियानका नेताहरुले बताएका छन् ।

उनी स्वर्गीय नेता विपी कोइरालाका छोरा हुन् । विपी कट्टर राजसंस्थावादी भए पनि कांग्रेसको राजनीतिमा लागेका शशांकको भने प्रष्ट विचार रहने गरेको छैन् । कोइराला परिवारकै कतिपय सदस्य तथा विपी कोइरालाको नातिनी एवं अभिनेतृ मनिषा कोइराला भने राजसंस्था र हिन्दूराष्ट्रको अभियानमा खुलेर लागेकी छन् । 

। त्यसबेला महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन । यसपालि पनि कांग्रेसले यो एजेण्डालाई आधिकारिकता नदिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।