माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोकिने

काठमाडौं- सत्तारूढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहीबार  बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा बस्न लागेको हो।

बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत-वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने लगायतका विषयमा छलफल हुनेछ।

साथै समसामयिक राजनीति र गठबन्धनको समीक्षा हुने बताइएको छ।