images
images

माधव नेपाल लक्षित ओलीको टिप्पणीः ‘पार्टी फुटाउने तत्वसँग एकता हुँदैन’

काठमाडौँ – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन्।
बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै उनले दुई तिहाइको पार्टी फोडेकोमा पश्चात्ताप नगर्ने, माधव नेपाललक्षित पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चात्ताप नगर्नेहरूलाई एमालेमा प्रवेश नगराउने बताए।

उनले अहिले पार्टी प्रवेशको लहर तीव्र गतिमा बढिरहेको जिकिर गरे। पार्टी प्रवेश गर्नेहरूमा पूर्व प्रदेशसभा सदस्य तथा आमजनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरीलगायत छन्।