कृषि विकास बैंकले माग्यो विभिन्न तहका कर्मचारी

काठमाडौँ- कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारीको माग गरेको छ ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै शाखा अधिकृतदेखि लेखापाल सम्म ११२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो ।

त्यस्तै, १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ।

ती पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ। नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ ।

तोकिएको दस्तुर तिरेर चैत १ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने थप एक सातासम्म आवेदन दिन सकिने छ ।

हेर्नूहोस् विज्ञापन:

kk