तीन मन्त्रीलाई तुरुन्त पदमुक्त गर्न एमालेको माग

नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले संसद शुरु भए लगत्तै विशेष समय लिएर बोल्दै सरकारमा सहभागी भएका तीन मन्त्रीवारे तत्काल प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरे ।

उनले बालकुमारी घटना निकै गम्भीर रहेको र त्यसमा संलग्न रहेको भनि दोषी देखिएका मन्त्रीलाई हालसम्म कारवाही नगरिएको भन्दै संसद चल्न दिन नसकिने बताए । उनले वालकुमारी घटना इपियसमा परिक्षा दिन गएका विद्यार्थीहरुमाथि जसरी दमन गरियो अनि घटना भयो तर सरकारका मन्त्री झन्डा हल्लाउदै भिडलाई उत्तेजित बनाएको आरोप उनले लगाए ।

मन्त्रीहरु जाने बाटोमा सुरक्षाको अवस्था कस्तो छ भनेर जानकारी हुदाँहुदै त्यही वाटोवाट हिड्दा परिस्थिति उत्तेजित भएको उनको दावी छ । प्रधानमन्त्रीसँगको प्रश्नउत्तरमा यो विषय उठेको र जवाफ दिदाँ वालकुमारी घटनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्यु नभनेकाले हत्या भएको दावी गरे । उक्त हत्या सरकार जिम्मेबार रहेको उनले दावी गरे ।

उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई दोषी सरकारले बनाएको आयोगले नै ठहर गरेकाले उनी पदमा बस्न मिल्दैन भनि दावी गरे । ‘यसरी नैतिक रुपमा दोषी मन्त्री पदमा बस्न मिल्दैन ’ उनले भने ‘हत्या हो भनेर प्रधानमन्त्रीले भनेपछि गृहमन्त्रीले नैतिक जिम्मेबारी लिन पर्छ कि पर्दैन ।

आयोगको प्रतिवेदन किन संसदमा आएन ? किन सार्वजनिक भएन ? ’ त्यस्तै उनले टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत करोडौ घोटालामा दोषी भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएकाले पदमा बस्न नमिल्ने उनले दावी गरे । उनले वहालवाला मन्त्री झन्डा हल्लाएर अख्तियार जाने अनि पदमा पनि वस्दा प्रभावित पार्न सक्छन त्यसैले पदमा बस्न मिल्दैन ।

त्यस्तै उनले संस्कृति पर्यटनमन्त्री सुदान किरातीको पनि राजिनामा माग गरे । उनले लुम्विनी विकास कोषको रामग्रामको जग्गा लिजमा दिने जस्तो गम्भीर कार्य गर्ने व्यक्ति मन्त्रीको रुपमा बस्न नमिल्ने दावी गरे । ९९ वर्षमा लिज दिने निर्णय मन्त्रीले गरेका कारण वहाँको नैतिक जिम्मेबारी हुने भएकाले पदमा बस्न नमिल्ने उनको दावी छ।

‘तीन जना मन्त्रीहरुको सम्वन्धमा संसद चलिरहेको समयमा प्रधानमन्त्रीले जानकारी दिनपर्छ ’ उनले भने ‘काठमाडौमा मीटरब्याज पीडितहरु आएको तर कारवाही नभएकाले सरकारको ध्यानाकर्षण गराउँछौ । ’ त्यस्तै व्याज तिर्न पर्दैन भनि खुल्लम खुल्ला गतिविधि गर्नेमाथि पनि कारवाही गर्न उनले माग गरे ।

बिहान ११ बजेदेखि सुरु भएको प्रतिनिधसभा बैठक जारी छ । आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा पढेर सुनाउने र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘खाध्ध स्वच्छता तथा गुणस्तर विधेयक सबन्धी समितिको प्रतिवेदन २०८०’ पेश कार्यसूची हो ।

यसैगरी, अर्थ मन्त्री प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८०’ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ ।