राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष तिमिल्सनाको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदै छ ।