प्रसूति गृहबाट २६ दिनको शिशु चोरी

काठमाडौं– काठमाडौंको थापाथली परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरी भएको छ। अस्पतालको ओपिडीमा उपचारका लागि आएकी महिलाको ब‍च्चा चोरी भएको हो।

रातो कपडा लगाएकी महिलाले टाउको समेत रातो सलले छोपेकी छिन् । साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरीमा खबर आएको थियो । सीसीटीभीबाट फुटेज पाएलगतै प्रहरीले खोजी तीव्र बनाएको छ ।

काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु अस्पतालबाटै चोरी भएको हो । बिहान ११ बजे काभ्रेकी सुत्केरी ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आएकी थिइन् ।

 

उनले परीक्षण गर्ने बेलामा एकछिन बच्चा समाइदिने भन्दै एक अपरिचितले बच्चा लिइन् । सुत्केरीले पनि सहजै दिइन् । तर, सुत्केरी स्वास्थ्य परीक्षणबाट फर्केर बाहिर आउँदा शिशु समाउने महिला गायब भइसकेकी थिइन् ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आएकी महिलाको हातबाट शिशु चोरी भएको जानकारी दिए ।

शिशु हराएपछि सबैतिर खोजी भयो । नभेटिएपछि प्रहरीमा खबर गरिएको थियो । चोरिएको शिशुको खोजी कार्य तीव्र पारिएको छ ।

‘काखमा बच्चा च्यापेकी महिलाले मास्क लगाएर मुख छोपेकी छिन् । सीसीटीभी क्यामरामा देखिएको छ,’ काठमाडौं प्रहरी परिसरका एसपी प्रवक्ता नवराज अधिकारीले भने, ‘काठमाडौंका सबै प्रहरी युनिटबाट बच्चाको खोजी कार्य जारी छ ।