images
images
images

समाजवादी मोर्चाको बैठक दिउँसो बस्दै, के–के छन् एजेन्डा ?

काठमाडौँ । चारदलीय समाजवादी मोर्चाले आगामी कार्यक्रम र योजनालाई अन्तिम रूप दिन सचिवालयको बैठक बोलाएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको शीर्ष नेताको बैठकमा काठमाडौँका सहित सातै प्रदेशमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।

बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने नेकपा एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन्।

मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।