माओवादी स्थायी कमिटी बैठकमा नेताहरुः राष्ट्रियसभा अध्यक्ष पद छोड्नु हुँदैन

काठमाडौँ – सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरूले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन्।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सभा निर्वाचनबारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन्।

राष्ट्रिय सभा अध्यक्ष नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका छ। तर, माओवादी स्थायी कमिटीका नेताहरुले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए