लेखा समितिको बैठकबाट बाहिर निकालियो समाज कल्याण परिषद्की सदस्य केसीलाई

काठमाडौं- लेखा समितिको बैठकबाट समाज कल्याण परिषद्की सदस्य आस्था केसीलाई बाहिर निकालिएको छ।

सांसद् अमरेशकुमार सिंहले बोलेको विषयले व्यक्तिगत रूपमा झगडाको रूप लिएपछि उनलाई समिति सभापति ऋषिकेश पोखरेलले बाहिर जान निर्देशन दिएका हुन्।

मंगलबारको लेखा समितिको बैठकमा छलफलका क्रममा प्रतिनिधिसभाका सांसद् सिंहले परिषद् दलहरूको भर्ती केन्द्र र आसेपासे जम्मा गरेर राख्ने ठाउँ बन्यो बनेको आरोप लगाएका थिए। सोही क्रममा अमरेस र उनको पछि बसेकी केसीबीच व्यक्तिगत रूपमा झगडाको अवस्था सिर्जना भएपछि सभापति पोखरेल केसीलाई बाहिर जान निर्देशन दिएका हुन्।

अमरेसले भनेका छन्, ‘समाज कल्याण परिषद् दलहरू भर्ती केन्द्र र आसेपासे जम्मा गरेर राख्ने ठाउँ बन्यो। राजाकालमा रानी हुन्थिन्। रानीले काम नभएर आफ्ना आसेपासे राख्थिन्। रानीले आसेपासे राखे जसरी अहिले पनि दलहरूले यसरी राख्न थाले।’