भजन शिरोमणि आचार्यलाई श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्री दाहाल र ओली (तस्बिरहरू)

काठमाडौं- लोकप्रिय गायक भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन्।

भजन शिराेमणि भनेर चिनिने उनलाई संगीत तथा नाट्य प्रतिष्ठानमा श्रद्धाञ्जलीसभाकाे आयाेजना गरिएकाे छ। साेही स्थानमा प्रधानमन्त्री दाहाल र ओलीले गायक आचार्यलाई श्रद्धाञ्जली दिएका हुन्।

आचार्यलाई श्रद्धाञ्जली दिन विभिन्न कलाकार, नेता तथा आफन्तजनकाे भीड लागेकाे छ। उनलाई श्रद्धाञ्जली दिएपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ।

घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै साेमबार गायक आचार्यको निधन भएको हो।

८१ वर्षीय भक्तराजका दुई छोरा सत्य-स्वरूप आचार्य पनि नेपाली गीतसंगीतका लोकप्रिय गायक हुन्।