भारतीय विदशमन्त्री जयशंकरसँग परराष्ट्र सचिव लम्सालको शिष्टाचार भेट

काठमाडौँ – भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न भारतका विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।

परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा छिन्।