सेन्चुरी बैंक घोटाला प्रकरण : यी हुन् पक्राउ परेका तत्कालीन सिईओसहितका कर्मचारीहरु

काठमाडौं– तत्कालीन सेन्चुरी कमर्शियल बैंकमा गलत धितो मूल्यांकन गरी ऋण प्रवाह गरेको अभियोगमा दुई बैकरहरु मंगलबार पक्राउ परे। सेन्चुरी बैंकका पूर्व सीईओ रहेका उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कमशल धितोको आधारमा ऋण प्रवाह गरी सर्वसाधरणको रकम हिनामिना गरेको अभियोगमा बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र तुलसी गौतम रहेका रहेका छन्। उनीहरुलाई पक्राउ गर्नुको पछाडी यसअघि नै बैंकिङ कसुरमा पक्राउ परेका देउराली सहकारीका रविन्द्र चौलागाईको बयान हो।

उनले धितोले नखाम्ने जग्गा राखेर सेन्चुरी कमर्शियल बैंकबाट ऋण लिएको बयान दिएपछि तत्कालीन समयमा सीईओको रुपमा रहेका उनीहरुलाई मंगलबार थप अनुसन्धानका लागि पक्राउ गरेको हो।

उनीहरुसँगै तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरु सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, सविन श्रेष्ठ, दिलीप बराल, सुशील बस्नेत, राजेश भण्डारी, रमण श्रेष्ठ र दिपेश प्रधान पक्राउ परेका छन्।

यीमध्ये ५ जना प्रभु बैंकका बालवाला कर्मचारी हुन्। ८० करोडको धितोमा २ अर्ब ऋण प्रवाह भएको देखिएकाले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ।

बैंकिङ ठगीमा यसअघि पनि विभिन्न बैंकको नेतृत्व तानिएका थिए। गोर्खा बैंक, किष्ट बैंक घोटला प्रकरणमा पनि उच्च अदालतमा बैंकिङ कसुरमा मुद्दा दायर भएको थियो।   सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएको छ। प्रभु बैंकले उक्त बैंकबाट दिइएको ऋण असुलीका लागि लिलामी पनि निकालेको छ।
तत्कालीन सीईओहरु 
तुलसी गौतम
मनोज न्यौपाने
कर्मचारीहरू
सविन घिमिरे
सुवास श्रेष्ठ
अनुपमा श्रेष्ठ
सुनिल बस्नेत
दिलिप बराल
दिपेश प्रधान
राजेश भण्डारी
रमन श्रेष्ठ