राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन : नेता कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन्। शनिवार नेपाल शिक्षक संघ, जिल्ला समिति ललतिपुरको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको बताए। कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उनको तर्क थियो। उनले राजनीतिको उत्ताचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने बताए।

उनले भने, ‘मेडिकल गर्दा एभ्रिथिङ इज अण्डर योर कन्ट्रोल। हात छ, सीप छ दिमाग छ। अप्रेशन गर्नुहुन्छ, हातमा कन्ट्रोल छ। आँखाको अप्रेशन गर्नुहुन्छ, ७० वटा जति आइक्याम्प गरेँ, लाखौँको अप्रेशन गरेँ रिजल्ट राम्रै भयो तर राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा। कहिल्यै पनि आफ्ने नियन्त्रणमा हुँदैन तर त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ।’

नेता कोइरालाले आफूले उत्पादन गरेका डाक्टरहरु अहिले पैसा पाएपछि मात्रै अप्रेशन गर्ने गरेको र विवेक नभएका डाक्टर आफूले उत्पादन गरेको भन्दै पश्चाताप गरे।