images
images

लोसपाले सार्‍यो केन्द्रीय समितिको बैठक अब कहिले ?

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको सारेको छ ।

महोत्तरीको बर्दिबासमा बस्ने गरी फागुन २७ गतेदेखि २९ गतेसम्मका लागि तय गरिएको बैठक फागुनमा विवाहका लगनहरू भएका कारण सो बैठक सारिएको लोसपाका केन्द्रीय सचिव मनिष मिश्रले जानकारी दिएका हुन् । अब बैठक फागुन ३० गतेदेखि चैत २ गतेसम्मका लागि तह गरिएको छ।

पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको सो पार्टीले जनाएको छ । यसअघि संगठन सुदृढीकरणका लागि लोसापले विभिन्न कार्यदल बनाएको थियो ।

ती कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिसकेका छन् । ती प्रतिवेदनको बारेमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । स्रोतका अनुसार बैठकले केन्द्रीय समिति तथा पदाधिकारी हेरफेर गर्ने तयारी समेत गरिरहेको छ ।

हालैमात्र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिविधि गर्न थालेका छन्। महतोले राष्ट्रिय मुक्ति आन्दोलनको नाममा अलग प्रशिक्षण र माइतीघर-बानेश्वरमा निषेधित क्षेत्र तोड्ने कार्यक्रम सुरू गरेका छन्।