images
images

युवापिढीमा बढ्दै गएको कुलत बर्तमानको एक प्रमुख चुनौती : सांसद एकनाथ ढकाल

ललितपुर। प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले शिक्षाले ब्यक्ति र समाजको मार्ग निर्देशन गर्ने भएकोले शिक्षा प्रणाली सहि र ब्यवारिक हुनुपर्ने बताएका छन्।

ललितपुरको ठेचो – धापाखेलमा अबस्थित एकता एकाडेमीको १८औ बार्षिकउत्सबमा प्रमुख अतिथिको मन्तब्य राख्दै पूर्व मन्त्रि समेत रहेका ढकालले युवापिढीमा बढ्दै गएको कुलत बर्तमानको एक प्रमुख चुनौती रहेको बताए। सांसद ढकालले अहिलेका युबयुबतीहरुलाई कुलतवाट टाडा राख्न बिद्धालय र अभिभावकको निकट सहकार्य आबस्यक रहेको बताए। ढकालले बिद्धर्थिहरुलाई सकारात्मक र रचनात्मक क्रियाकलापमा ब्यस्त गरेर कुलतको न्यूनीकरण गर्न सकिने बताए। शिक्षाको उद्धेश्य दक्षता हाँसिल गर्नु मात्र नभई ह्र्य्दय र चेतनाको विकास गराउनु भएको ढकालको भनाइ थियो। सांसद ढकालले बिद्धर्थिहरुलाइ उच्च अनुसाशन रहन, आफ्ना अभिभावक प्रति सम्मान, साथीहरुबीच सहकार्य र राष्ट्रप्रति बफादारी हुन आग्रह गरे। ढकालले एकता एकाडेमीले प्रत्यक बर्ष ४० बिपन्न बिद्धर्थिहरुलाई छात्रबृति उपबल्ध गरेकोमा धन्यवाद दिदै बिद्धालयको प्रगतिको कामना गरे। एकता एकाडेमीका प्राचार्य कृष्ण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्धर्थिहरुले विभिन्न कलाहरु प्रस्तुत गरेका थिए।