images
images

चारवटा प्रकरणमा मुछिएपछि अख्तियारको उच्च निगरानीमा मुख्यसचिव अर्याल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई उच्च निगरानीमा राखेको छ । चारवटा फरक भ्रष्टाचार प्रकरणमा मुछिएपछि उनलाई उच्च निगरानीमा राखेको हो ।

निजामती कर्मचारीहरुको अभिभावकको भूमिकामा रहेको व्यक्तिलाई भ्रष्टाचार मुद्दा लैजाँदा गलत सन्देश जाने भन्दै आइतबारसम्ममा आफ्नो भूमिकावारे सोच्न अख्तियारले मुख्यसचिव अर्याललाई सुझाव दिएको उच्च स्रोतले बतायो ।

‘बहालवाला मुख्यसचिवलाई नै भ्रष्टाचार मुद्दा लैजाँदा गलत सन्देश प्रवाह हुने भयो, समग्र निजामती सेवाप्रति नै नकारात्मक धारणा बन्ने भएकाले सकेसम्म आफ्नो भूमिकाबारे विचार गर्नुहोस् भनेको स्रोतको भनाइ छ ।  केही समय पर्खने र त्यस समय सम्म पनि कुनै सुधार नभए कुनै निर्णय गरेर अघि बढ्ने पनि स्रोतको भनाइ छ ।

मुख्यसचिव अर्यालमाथि नियमित निगरानी गरिरहेको अख्तियारले उनी माथिको अरु उजुरीमा पक्राउ गर्नुपर्ने अवस्था आउनसक्नेसम्मको सन्देश दिएको छ ।

मुख्यसचिव अर्याल लगायतका मन्त्रीहरु संलग्न भएको टेरामक्स खरिद प्रकरणको अनुसन्धान समेत अख्तियारले अन्तिम चरणमा पुर्याएको छ ।