images
images

ओली र दाहालबीचको निर्णायक भेटवार्तामा रास्वपाका सभापति लामिछाने पनि सहभागी

काठमाडौं, २० फागुन । सत्ता गठबन्धनमा खटपट सुरु भएको बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सक्रियता बढाएका छन् । आइतबार बिहानमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक्लाएक्लै भेटवार्ता गरेका ओली आज साँझ महासचिव शंकर पोखरेललाई लिएर बालुवाटर पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्ता सहकार्यबारे नयाँ सहमति गरिने बुझिएको छ । माओवादीबाट सो छलफलमा वर्षमान पुन सहभागी भएको जनाईएको छ । ओली र दाहालबीचको निर्णायक भेटवार्तामा रास्वपाका सभापति रवि लामिछाने पनि मिसिएको स्रोतको दाबी छ ।

उता, नेपाली कांग्रृसका सभापति शेरबहादुर देउवाले भने सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग सामूहिक छलफल गरेका छन् । देउवाले भोलि नै संसदीय दलको बैठक बोलाएका छन्