images
images

अध्यक्ष ढकाल सहितका परिवार दलका नेताहरुद्वारा महामहिम राष्ट्रपति रामचन्द्र पौडेल संग भेट

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले महामहिम राष्ट्रपति रामचन्द्र पौडेल संग भेट गरेका छन्। राष्ट्रपति कार्यालय सितल निवासमा आइतबार भएको भेटमा समसामयिक बिषयमा कुराकानी भएको अध्यक्ष ढकालको स्वकीय सचिव जितेन्द्र श्रेष्ठले बताए।

प्रतिनिधि सभाका सदस्य समेत रहेका ढकालले भेटमा महामहिम राष्ट्रपतिज्यूको कार्यकालको सफलताको शुभकामना दिदै नेपालको संविधानले राष्ट्रपतिलाइ राष्ट्रिय एकताको प्रबर्धन गर्ने, संविधानको पालन र संरक्षण गर्ने दायित्व दिएकोले नेपालको बिबिधताबिच सामन्जस्यपूर्ण एकता कायम गर्नको लागि अभिभाबकीय भूमिका खेल्न महामहिम राष्ट्रपतिको ध्यानाकर्षण गरे। अध्यक्ष ढकालले पछिल्लो समय नेपालको सदियौं देखि कायम रहेको सामाजिक सदभावलाइ खलल बनाउन अराजक तत्वहरु सक्रिय भएकोले बहुजातीय, बहुभाषीय, बहुधार्मिक तथा बहुसास्कृतिक विशेषतायुक्त नेपाली समाजलाई एकताबद्ध बनाउन एक “अन्तर-सास्कृतिक आयोग” गठन गर्न नेपाल सरकालाई ध्यानाकर्षण गरेको पनि राष्ट्रपतिलाइ जानकारी गराए। राष्ट्रपति पौडेलले आफुले संविधानले दिएको जिम्मेवारी बहन गर्ने बताउदै सबै राजनैतिक दल र जनता मिलेर राष्ट्रको विकास निर्माणमा लाग्नु पर्छ भन्दै नेपाल परिवार दललाई शुभकामना दिनुभयो।

राष्ट्रपतिको भेटमा सांसद ढकाल संगै नेपाल परिवार दलका महामन्त्री प्रकाश बाबु थापा, सह-महामन्त्री तथा संबिधान सभाकी सभासद मिलन कुमारी राजबंशी, केन्द्रिय सल्लाहकारहरु प्राध्यापक नारायण शर्मा गजुरेल, प्राध्यापक डा श्रीराम प्रसाद उपाध्याय, प्राध्यापक कृष्ण प्रसाद ढकाल, केन्द्रिय सदस्यहरु अनिल भण्डारी, निला श्रेष्ठ, केशब श्रेष्ठ र हिम बहादुर गुरुङ सहभागी भएको सांसद ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिए ।