images
images

औचित्य सकिएपछि वर्तमान गठबन्धनकाे बैठक रद्द

काठमाडौं- एमालेसहितकाे नयाँ सत्ता समीकरले आकार लिएपछि कांगेससहितकाे वर्तमान समीकरणकाे बैठक रद्द भएकाे छ। बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बस्ने भनिएकाे थियाे।

आजकाे बैठकमा राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार, मन्त्री हेरफेर, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकलगायत विषयमा छलफल हुने बताइएकाे थियाे।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टीसहितकाे नयाँ सत्ता समीकरणकाे औपचारिकता लागि एमालेकाे केन्द्रीय सचिवालय बैठक बालकाेटमा बसिरहेकाे छ।