images
images

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बिहान बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

सचिव दीनानाथ शर्माका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम बारे छलफल हुनेछ । सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको छ।