images
images

रास्वपाले पछिल्लो राजनीतिक अवस्थाबारे निर्णय गर्ने अधिकार सभापतिलाई दियो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने परिस्थितिको निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको छ।

सोमबार बिहान बसेको सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा बैठकमा जानकारी गराएका थिए।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सम्भावित नयाँ समीकरणलगायत विषयमा छलफल भएको थियो।

महामन्त्री मुकुल ढकालले निर्णय गर्ने अधिकार बैठकले पार्टी सभापतिलाई दिएको जानकारी दिएका छन्।