नयाँ समीकरणबारे छलफल गर्न लोसपाले १ बजे बोलायो पदाधिकारी बैठक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पदाधिकारी बैठक बोलाएको छ। दिउँसो १ बजे काठमाडौँमा उपलब्ध पदाधिकारीलाई बैठकमा बोलाइएको स्रोतले बताएको छ।

वर्तमान सरकारमा रहेको लोसपा नयाँ बन्ने सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे पार्टी अध्यक्ष महन्त ठाकुरले ब्रिफिङ्ग गरेपछि निर्णय लिने एक नेताले बताए।