images
images

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। मंगलबार (भोलि) दिउँसो तीन बजे सभापति देउवा निवास बुढानीलकण्ठ बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सत्ता राजनीतिमा आएको फेरबदलसँगै उनले छलफल गर्न बैठक बोलाएका हुन्। यसअघि सोमबार पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकपछि सभापति देउवाले कार्यसम्पादन बोठक बोलाएका हुन्।

पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पौडेलले जानकारी गराए। कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि हाल ३७ जना मात्र छन्।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी लगायतका दल नयाँ गठबन्धन बनेपछि कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।