images
images

एकीकृत समाजवादी र जनमत पार्टीले बोलाए सचिवालय बैठक

काठमाडौं- सत्ता गठबन्धन परिवर्तन भएपछि सत्तारुढ दल एकीकृत समाजवादी र जनमत पार्टी अलमलमा परेका छन्। उनीहरुले आगामी राजनीतिक बाटो तय गर्न सचिवालय बैठक बोलाएका छन्।

एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीका अनुसार तीन बजेपछि बस्ने सचिवालय बैठकले सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय लिनेछ। सरकारको नेतृत्व गर्ने तय भएको नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई सँगै लैजाने तयारी गरेको छ।

यसैगरी जनमत पार्टीले पनि सरकारका विषयमा निर्णय लिन सचिवालय बैठक बोलाएको छ। उक्त पार्टीका अध्यक्ष सिके राउतले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ गठबन्धनबारे बुझिसकेका छन्।