नयाँ गठबन्धनका तीन मन्त्रीले लिए शपथ: प्रधानमन्त्रीको जिम्मामा २१ मन्त्रालय

काठमाडौँ- नेकपा माओवादी केन्द्र, एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धनका तीन मन्त्रीहरुले सोमबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्।

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्।

राष्ट्रपति भवन शितल निवासमा उनीहरुले बिनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएका प्रचण्डले सोमबार सानो आकारको मन्त्रीमण्डल गठन गरेका हुन्।

विकसित भएको नयाँ सत्ता समीकरणबाट तीन जना मन्त्रीहरुले सोमबार शपथ लिएका हुन्।

माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाएको हो भने एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत रहेका डीपी अर्यालले मन्त्रीको शपथ लिएका हुन्।

यसअघि नयाँ  गठबन्धनका चारजना उपप्रधानमन्त्रीले नै सोमबार शपथ लिने भनिएको थियो।

सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना उपप्रधानमन्त्री हुने समझदारी भएसँगै चारै उपप्रधानमन्त्रीको शपथ सोमबार हुने भनिए पनि सबै दलमा मन्त्री बन्नेहरुको तँछाडमछाडका कारण सोमबार तीन मन्त्रीको मात्र शपथ हुने भएको हो।

नयाँ गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलोपटक उपप्रधानमन्त्री हुने पक्का भएको छ। उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। पुन यसअघि पनि अर्थमन्त्री भएका थिए।

त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन्। उनी यसअघि दुईपटक परराष्ट्रमन्त्री भएका थिए।

रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का भएको छ। उनले गृहमन्त्रालय मागेका छन्।

उता एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने सम्भावना छ। तर उनले कुन मन्त्रालय पाउने भन्नेबारे अलिहेसम्म टुंगो लागिसकेको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथबारे राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर जानकारी गराएका छन्।

स्रोतका अनुसार राजनीतिक समीकरणमा आएको फेरबदलका र नयाँ सत्ता समीकरणबारे राष्ट्रपतिसँग जानकारी गराउन प्रधानमन्त्री दाहाल शितल निवास जान पुगेका थिए।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे पहिलाे चरणकाे बैठकमा सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लागेकाे थियाे।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई पदमुक्त गरेका छन्।

कांग्रेस र एकीकृत समाजवादीसँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले यसअघिका बसै मन्त्रीलाई पदमुक्त गरेका हुन्।

प्रधानमन्त्रीले हेर्ने गरी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिंचाइस कानून, न्याय तथा संसदीय मामिलास कृषि तथा पशुपन्छी विकासस खानेपानीस गृहस परराष्ट्रस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणस भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक युवा तथा खेलकुदस रक्षास वन तथा वातावरणस शिक्षा, विज्ञान तथा प्रविधिस श्रम, रोजगार तथा सामाजिक सुरक्षास संस्कृति, पर्यटन तथा नागरिक उड्डयनस सङ्घीय मामिला तथा सामान्य प्रशासनस सञ्चार तथा सूचना प्रविधिस सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मा पनि प्रधानमन्त्री दाहालले नै लिएका छन्।