नयाँ गठबन्धनमा सामेल हुन ठाकुरलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहानै  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेता ठाकुरबीच भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेको नेता भण्डारीले बताए । तर, आफूहरूले पार्टीमा छलफल गरेरमात्रै निर्णय गर्ने जवाफ दिएको उनले बताए ।
यसअघि  कांग्रेससहितको गठबन्धनमा लोसपा पनि सामेल थियो ।  आइतबार मध्यरातमा कांग्रेससहितको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउने सहमति जुटेको थियो । गठबन्धनमा एमाले-माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासमेत जोडिएका छन् ।

यसमा क्रमशः नेकपा (एकीकृत समाजवादी), लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सामेल गराउने प्रचण्डको योजना छ ।