रास्वपाले भन्यो :गृहमा कुरा मिलेरै सरकारमा जाने निर्णय भएको हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले गृह मन्त्रालय पाउने निश्चित भएपछि नयाँ गठबन्धनमा सहभागी भएको बताएको छ ।

“अहिले गृहमा कुरा नमिलेको जसरी प्रचार गरिएको छ, त्यसमा सत्यता छैन,” रास्वपाका एक शीर्ष नेताले भने, “प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्रीहरु सबैमा कुरा मिलेर नै हामी अघि बढेका हौँ । गठबन्धन बन्नुअघि नै ती सबैमा कुरा मिलिसकेको छ ।”

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि बाहिर आएका अनावश्यक हल्ला अर्थहीन भएको बताए । “प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, गृह मन्त्रालय सबैमा कुरा मिलिसकेपछि गठबन्धन बनेको हो,” उनले भने ।