अध्यक्ष नेपालसँग प्रचण्ड र ओलीको भेट

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेका छन् ।

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मंगलवार साँझ ओली र ‘प्रचण्ड’ माधव निवास कोटेश्वर पुगेका हुन् । उनीहरूबीच छलफल सुरु भएको बताइको छ ।

उनीहरुको साथमा एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि साथमा रहेका छन् ।

सोमबार साँझ मात्र प्रधानमन्त्री ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठलाई लिएर नेपाललाई भेट्न पुगेका थिए ।